कतार एयरवेजले एचएच द अमिर स्वर्ड् फेस्टिभल २०२१ को प्रायोजन गर्ने |
दोहा । कतार एअरवेज प्रसिद्ध एच.एच. द अमिर स्वर्ड फेस्टिभल २०२१को आधिकारिक एअरलाइन प्रायोजक बनेको छ ।
उक्त तीनदिने प्रतियोगिता फेब्रुअरी १८देखि २०सम्म कतार रेसिङ एन्ड इक्युस्ट्रियन क्लबमा हुनेछ जसमा संसारका उत्कृष्ट अरबी घोडाहरु हुनेछन् । यस प्रतियोगितामा विश्वका सर्वश्रेष्ठ प्रतियोगीहरुले शानदार खेल प्रस्तुत गर्दै एच.एच. द अमिर स्वर्ड उपाधिका लागि भिड्नेछन् ।
२०१९ मा कतार एअरवेजले कतार रेसिङ एन्ड इक्युस्ट्रियन क्लबसँगको साझेदारीलाई थप तीन वर्षका लागि नविकरण गरेको थियो । साझेदारीसँगै एअरलाइन्सले बेलायतको कतार गुडवुड फेस्टिभल र फ्रान्सको कतार प्रिक्स डे एलआरक डे ट्राइम्फे लगायत आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठित घोडा दौड प्रतियोगिताहरूको प्रायोजन जारी राखेको छ ।


