चितवन महानगरको फलफूल तथा तरकारी बजारमा एनएमबिको क्यूआर कोड सेवा शुरु |
चितवन । एनएमबि बैंङ्कले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यसहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानी सेवा शुरु गरेको छ ।
एनएमबि बैंङ्कको वागमति प्रदेश प्रमुख गणेश पराजुलीले चितवनको क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका छन् ।
बैंङ्कले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ ।
उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंङ्कको प्रयास रहेको बैंङ्कले जनाएको छ ।




