सिद्धार्थ बैंकका ग्राहकहरुलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा १०% सम्मको छुट |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको तिनकुने स्थित सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उतm सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्ड रविन मल्ल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट निर्देशक बिक्री तथा बजार व्यवस्थापन प्रभाकर खड्काले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशभर रहेका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्पmत होटल बसाई, खाना, बेभरेजका लागि भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सकिन्छ ।
यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।


