एनएमबिको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा |
काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारी हरुलाई सुविधा प¥र्याउने उद्धेश्यले १३६ औं एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।


