सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड |
काठमाडौं । सुनचाँदी तथा कला ब्यवसायीहरुले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपालदी मौलिक गरगहनाको बिश्व बजारमा अत्याधिक माग रहेको भन्दै उनीहरुले यस्ता गरगहनाको निर्यातवाट मुलुकमा रोजगारिका अवसरको सृजना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने बताएका हुन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी ब्यवसायीहरुले सुन तथा चाँदीको मौलिक गरगहना निर्यातको प्रचुर संभाब्यता औंल्याउँदै त्यसवाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताए ।
कार्यक्रममा नेपाल सनुचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा जोड दिँदै यसवाट नेपालले धेरै फाइद ालिन सक्ने बताए । अध्यक्ष शाक्यले सुनचाँदी नेपालमा जेम्स एण्ड ज्वलरी काउन्सिलको महत्वमा बारेमा प्रकाश पार्दै ब्यवसायी महासंघ, हस्तकला महासंघ र रत्न तथा आभुषण महासंघ जस्ता एउटै प्रकृतिका संघसंस्थारुले आपसमा सहकार्य गरेर ब्यवसाय प्रवद्र्धनगर्न सक्ने धारणा राखे ।
त्यस क्रममा हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले नेपाली हस्तकलाको महत्व र संभाब्यताका बारेमा प्रकाश पारेका थिए । बिश्व जारमा नेपाली हस्तकलामा समाग्रिको माग अत्याधिक रहेको उल्लेद गर्दै उनले हस्तकलाका सामाग्रिक र मौीलक गरगहनाको निर्यातवाट ब्यवसायीलाई मात्र नभई सिङगो राष्ट्र लाई नै सम्मान पुग्ने बताए ।
कायृक्रममा विभिन्न क्षेत्रमा आवद्धभ उद्यमी ब्यवसायीहरुले नेपाली मौलिक गरगहना र तीनको महत्वको बारमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई र्य सम्मान गरिएको थियो ।


