बसको टिकटको भुक्तानी क्यूआर प्रविधिबाट |
काठमाडौं । लक्ष्मी र्बैकले लोहत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ । अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि ÷वालेट बाट क्यूआर स्क्यान गरि फोन पे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिनेछ ।
क्यूआर द्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा ततकाल काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ । क्यूआर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ ।
लक्ष्मी बैंकले विगतमा क्यूआर पेमेन्ट लाई अस्पताल , शपिङ्गमल , इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना ठूला ब्यापारिक संस्थाहरुमा संचालन गदै आएको छ ।


