नेपाल क्लियरिङ्ग हाउसले सुरु गर्यो ‘कर्पोरेट पे’ प्रणाली |
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले अनलाइन कार्यक्रम आयोजना गरीे बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूका लागि ‘कर्पोरेट पे’ प्रणालीको सुरुवता गरेको छ ।
यस प्रणालीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लिएको समग्रमा डिजिटल भुक्तानीको इकोसिस्टम विकास गरी नगदबाट इलेक्ट्रोनिक चेक हुँदै नगदरहित डिजिटल प्रणाली कार्यान्वयन गर्न एनसीएचएलले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । उनले नगदको प्रयोग कम गरी डिजिटल अर्थतन्त्र तिर जोड दिने नेपाल राष्ट्र बैंकको नीतिलाई आजको यस ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले थप टेवा पुर्याउने विश्वास लिएको बताए । ‘कर्पोरेट पे’ प्रणालीमार्फत बैंक वित्तीय संस्थाका कर्पोरेट ग्राहकहरुको कारोबार पनि डिजिटलमा लगी नगद र चेकको प्रयोग उल्लेख्य घटाउन मद्दत पुग्ने गभर्नर अधिकारीले बताए


