बौद्धिक सम्पत्तिको रोयल्टी वाफत चार महिनामा बाहिरियो १ अर्ब २४ करोड |
काठमाडौं । नेपालका उद्योग तथा व्यवसयले विदेशी पेटेन्ट,ट्रेडमार्क तथा डिजाइन प्रयोग गरे बापत तिर्नुपर्ने रोयल्टी वर्षेनी बढ्दै गएको छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ आएपछि यस्तो रोयल्टी नेपालबाट बाहिरिने क्रम बढ्दै गएको छ । ऐनले रोयल्टी लिने व्यवस्थामा सहजीकरण हुने व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु वर्षको चार महिनामा यसरी नेपाली व्यवसायले विदेशी बौद्धिक सम्पतिको उपयोग गरे बापत १ अर्ब २४ करोड बढी रुपैयाँ भुक्तानी गरेका छन् ।
यसरी रोयल्टी बापतको मुद्रा बाहिरिने क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। गत वर्षको चार महिनामा ७ करोड रुपैयाँ बाहिरिएको थियो ।
बौद्धिक सम्पत्ति बापतको आम्दानी भने यो वर्ष अहिलेसम्म शून्य छ ।
ऐनले नेपाली कम्पनीसँगको प्रविधि हस्तान्तरण सम्झौता गरेर बौद्धिक सम्पत्तिको उपयोग गर्न पाउने र त्यसबापत् रोयल्टी दिनसक्ने व्यवस्था गरेको छ ।


