प्रभु बैंकले इलाम जिल्ला अस्पताललाई दियो पाँच लाख |
काठमाडौं । प्रभु बैंक इलाम शाखा कार्यालयले इलाम जिल्ला अस्पतालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले इलाम जिल्ला अस्पतालका मे.सु. डा. प्रभु शाहलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सो आर्थिक सहयोगमा अस्पतालमा जडान हुने एरो प्लाण्टबाट व्यवस्थित रुपमा सफा खानेपानी वितरण हुने अपेक्षा गरिएको छ । साथै अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने बैंकको विश्वास छ ।
कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य इन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतन कुमार चौधरी लगायतको उपस्थिति थियो ।


