आइडिया स्टुडिओको सुरू भयो पाँचौं संस्करण |
काठमाडौं । आइडिया स्टुडिओ नेपालको पाँचौं संस्करण सुरू भएको छ । बुधबार प्रेस सम्मेलन गर्दै संस्थाले उक्त जानकारी दिएको हो । संस्थाको पाँचौं संस्करणमा यसपटक उत्कृष्ट ४ आइडियालाई ५ लाखसम्मको ‘सिड मनी’ उपलब्ध गराउने घोषणा भएको छ । उक्त ४ नयाँ सोच ‘मेड इन नेपाल’, ‘सोसल इम्प्याक्ट’, ‘हाइफ्लाइड’ र ‘ग्रिनोभेसन’ विधा अन्तर्गत विभाजन हुनेछ ।
कार्यक्रम टिभी च्यानल एपी टेलिभिजनबाट प्रसारण हुनेछ। जसमा उद्यमशीलतामा नयाँ सोच, विचार भएका व्यक्तिहरूलाई सहभागी गराइने कम्पनीले बताएको छ ।
आइडिया स्टुडिओ नेपालको चौंथो संस्करणसम्म २ हजारभन्दा बढीले सहभागिता जनाएका छन् ।
यसको पाँचौं संस्करणमा सहभागी हुन सन् २०२१ को जानवरी ६ देखि फारम खुलेको छ। यो फारम सन् २०२१ को फेबुअरी ७ सम्म खुल्ला हुनेछ । फारम वेभसाइट http;|/ideastudio.org.np बाट भर्न सकिन्छ । अथवा ९८०११७८७८७ मा सम्पर्क राखेर पनि भर्न सकिन्छ ।
पाँचौं संस्करणमा ३२ देखि ३५ नयाँ आइडिया र चालु उद्यमहरूलाई सहयोग गर्ने योजना आइडिया स्टुडिओले बनाएको छ ।
आइडिया स्टुडिओ नेपालले नयाँ सोच भएका उद्यमीलाई सहयोग गर्दै आएको छ । उद्यमीका नवीन र सम्भावनायुक्त सपनालाई लगानी गरेर बाटो देखाइदिने गरेको कम्पनीको भनाइ छ ।


