लक्ष्मी बैंकको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिता, भिडियो पठाई ५० हजार जित्ने अवसर |
काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानअन्तर्गत डिजिटल बैंकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।
यस प्रतियोगिताअन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई रु. ५०,००० सम्मको नगद पुरस्कार प्रदान गरिने छ ।
यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र भाइरबर बैंकिङ्ग जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ ।
लक्ष्मी बैंकको मोबाइल मनी एप गुगल प्ले स्टोर र एप्पल स्टोरमा उपलब्ध छ । प्रतियोगिताको नियमहरु यो Link <https://www.laxmibank.com/my-mobile-money-video-contest> मा उपलब्ध छ ।
‘माई मोबाइल मनी’ लक्ष्मी बैंकको क्राउड सोर्सिङमा आधारित दोस्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेविट कार्डको डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त गरेको जनाएको छ ।
बैंकले प्राप्त सुझावहरुलाई समेटेर डेविट कार्डको डिजाइनमा समावेश गरेको छ । ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको बैंकले जनाएको छ ।


