द ब्रिटिस कलेजको अनलाइन भर्चुअल ग्राजुयसन कार्यक्रम सम्पन्न |
काठमाडौं । द ब्रिटिस कलेजले सोमबार पहिलो पटक अनलाइन भर्चुल ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजका ४४० जना विद्यार्थीहरु ग्राजुएट भएका छन् ।
ग्राजुयट हुनेमा बिएस्सी आइटीका २५९, बिबिएका ६७, एमबिएका ५९, इएमबिएका २१, एमआइबिएमका र एमएस्सीआइटीका १९ जना रहेका छन् ।
कार्यक्रममा विद्यार्थीले टिबिसीमा अध्ययन गर्दाको आफ्नो अनुभव शेयर गरेका थिए ।
कोरोना महामारीका बीच पनि कलेजले आफ्ना विद्यार्थीहरुलाई अत्याधुनिक अनलाइन प्लेटफर्म उपलब्ध गराइरहेको छ ।
कार्यक्रममा विद्यार्थी तथा अभिभावको उपस्थिति थियो ।


