पत्रकारितामा महिला सहभागिता बढाउन सेजनद्धारा तालिम सुरु |
काठमाडौँ । पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउनका लागि नेपालआर्थिक पत्रकार समाज(सेजन)ले आधारभूतपत्रकारितातालिम सुरु गरेको छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र अन्र्तराष्ट्रिय वित्तनिगम (आईएफसी) को सहयोगमा सेजनले पत्रकारितागर्न इच्छुक र भर्खर सुरु गरेकामहिलाको लागि बेभीनारमार्फत तालिम सुरु गरेको हो । ६ वटा प्रदेशमागरिने तालिमअन्र्तगत १ सय ८० महिला सहभागीहुने कार्यक्रम छ ।
बाग्मतीप्रदेशबाट सुरु भएको सो तालिमबिहीबारदेखि कर्णालीप्रदेशमकामहिलाकालागि सुरु भएको छ । ३० जना सहभागीतालिमको उद्घाटन गर्दै कर्णालीप्रदेशकाभूमिव्यवस्था,कृ
कार्यक्रममायुएनडीपकी कर्णाली प्रदेशकी सजनीचौधरी, नेपालपत्रकार महासंघका केन्द्रीय सदस्यकलेन्द्र सिजुवाल, कर्णाली प्रदेशका उपाध्यक्ष डम्बर आचार्य लगायतले महिलापत्रकारिताबारे चर्चा गरेका थिए ।
३५ जना सहभागी बाग्मतीप्रदेशको तालिमको उद्घाटनमा भने शिक्षामन्त्रालयकीउपसचिवदिव्या दवाडी, युएनडीपीकी आवासीयप्रतिनीधि आईसानीलावे, आईएफसीकी नेपाल भुटान र वंगलादेशकी देशीयनिर्देशक वेन्डी वर्नर लगायतले पत्रकारितामामहिला सहभागीकमभएको भन्दै उनीहरुलाई पत्रकारिता ल्याउनकालागि तालिमका साथै उचित सहजीकरण र समन्वय आवश्यक रहको बताए ।
बाग्मतीप्रदेशको पत्रकारिता तालिममा पत्रकारहरु यशोदा तिमल्सिना, जुनारबाबु बस्नेत, भीमगौतम र सविनमिश्रले प्रशिक्षण दिएकाथिएभने कर्णालीको बिहीबारको तालिममाजीवन बस्नेत र रञ्जु काफ्लेले प्रशिक्षण दिएका थिए ।
६ प्रदेशका १ सय ८० महिलालाई तालिम दिएर उनीहरलाई विभिन्न मिडियामा आवद्ध गराउने तथाउनीहरुलाई पत्रकारितामा सकृय बनाउनकालागिआवश्यकअनुसार थपतालिमहरु समेत गर्ने योजना सहित महिलाका लागिमात्र सेजनले तालिम सुरु गरेको अध्यक्ष भीमगौतमले जानकारी दिए ।



