कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने |
काठमाण्डौ । कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ ।
सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीले साँवा तथा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सञ्चय कोषमा नगई बीओकेको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्नेछन् । यो सुविधाबाट ग्राहकको समय बचत हुने र बिना झन्झट सजिलै बीओकेका शाखा कार्यालयहरुबाट झुक्तानी गर्न सकिने भएको छ ।
बीओकेले हाल ८९ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।




