महालक्ष्मी लाइफ इन्स्योरेन्सले घोषणा गर्यो पोलिसी बोनस, यस्तो छ बोनस दर |
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।
बीमा समितिको मिति कार्तिक २८ गते को पत्रबाट स्विकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५र ७६ को लागि न्यूनतम रु.५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो।
बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मूल्याङ्कन निर्देशिकामा सो अवधिसम्म जारि पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभएसम्मको लागि बोनस व्यवस्था गर्नुपर्ने हुन्छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको कम्पनीले जनाएको छ । कम्पनीको आगामी बीमाङ्किय मूल्याङ्कन नभएसम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने पनि कम्पनीले जनाएको छ ।
बीमा समितिबाट स्विकृत बोनस यस्तो छ ।


