महालक्ष्मी विकास बैंकका ग्राहकलाई र एसआरएल डायग्नोस्टिकमा १५% छुट |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस.आर.एल. डायगनोस्टिक (नेपाल)सँग एक सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा बैंकका महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरे ।
उक्त सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस.आर.एल. डायगनोस्टिक (नेपाल)मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


