नेपाल राष्ट्र बैंकले आज एघार अर्ब २० करोडको ट्रेजरी बिल विक्री गर्ने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
विक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष विक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो ।
केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको टे«जरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।


