स्टप ग्रयाबले ल्यायो ‘स्टपग्रयाब डट कम’ |
काठमाडौं । स्टप ग्य्राब प्रालीले 'स्टपग्रयाब डट कम' संचालनमा ल्याएको छ । यो वेवसाइट ५ सयजना विक्रेताको विभिन्न सामग्री राखेर संचालनमा ल्याइएको हो ।
जसमा बच्चादेखि वृद्धसम्मका लत्ता कपडा, घर सजावटका सामग्री, ग्रोसरीज, कस्मेटिक्स लगायत सामग्रीहरु सुपथ मूल्यमा राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार झाले बताए ।
कसरी किन्ने ?
कम्पनीको वेवसाइटमा गएर ग्राहकले साइन अप गर्ने गरेर लगइन गर्नुपर्छ। त्यसपछि वेवसाइटका सामग्री छानेर किन्न सकिन्छ । जसमा विशेष छुट तथा अफरको सुविधाहरु पनि छ ।
यस कम्पनीले १० प्रिपेड भुक्तानी गर्ने ग्राहकको लागि दसै उपहार स्वरुप सतप्रतिशत नगद फिर्ता स्किम पनि ल्याएको छ ।
यसमा होम डेलिभरीको सुविधा पनि छ। साथै लिएका सामग्री फिर्ता दिन परेमा ७ दिने 'रिटर्न पोलिसी' समेत छ ।


