कम्पनी र कम्पनीका संस्थापकको चरित्रहत्या गर्ने काम भयोः जगदम्बा स्टिल्स |
काठमाडौं । जगदम्बा स्टिल्सले मानविय त्रुटीलाई लिएर पुरै कम्पनी र कम्पनीका संस्थापक संचालकको चरित्रहत्या गर्ने काम भएको जनाएको छ ।
जगदम्बा स्टील्सले एक विज्ञप्ती जारी गर्दै कोरोना जस्तो विषम परिस्थितिमा आफ्ना उत्पादनलाई निरन्तरता दिंदा भएको मानवीय त्रुटीलाई लिएर कम्पनी र कम्पनीका संस्थापक सञ्चालकको चरित्रहत्या गरेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘मानवीय त्रुटीका कारण १६ मि.मी. एफई ५०० ग्रेडको एउटा डण्डीमा मात्रै केही गुणस्तरीय कैफियत देखिएको जानकारी दिंदै कम्पनीले आफ्नो गुणस्तरीय प्रतिवद्धताका लागि १६ मि.मी. एफई ५०० ग्रेडका डण्डीहरु बजारबाट फिर्ता गरेको छ। कम्पनीले बजारबाट फिर्ता लिइएका र उद्योग परिसरमा रहेका उक्त व्याचका सम्पूर्ण १६ मि.मी. ५०० ग्रेडका डण्डीलाई नेपाल गुणस्तर तथा नापतौल विभागको रोहबरमा नष्ट गरिरहेको छ।’


