‘ओक्सेम्बर्ग’ अनलाइन स्टोर अब नेपालमा |
काठमाडौं । ओक्सेम्बर्ग अनलाइन स्टोरले नेपालमा पनि सेवा सुरु गरेको छ। अक्सेम्बर्ग नेपाल सियाराम समुहको ब्राण्डले ओक्सेम्बर्ग डट स्टोरबाट सेवा सुरु गरेको हो ।
नेपाली ग्राहकहरुले अब अक्सेम्बर्गका उत्पादनहरु अनलाइनबाट किन्न सक्छन्। यसले घरमै डेलिभरी पनि गर्छ ।
गत वर्ष फागुनमा अक्सेम्बर्गले काठमाडौं सिभिल मल तथा ललितपुरको कुमारीपाटी तथा लाबिम मलमा आधिकारिक आउटलेट खोलेको थियो । त्यहाँ पुरुषहरुका लागि पार्टी वेयर, जिन्स लगायत कपडा पाइन्छ ।
अनलाइनमार्फत सामान किन्दा फोनपे वा डेलिभरी भएपछि नगद/कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ ।
ग्राहकहरुले ८ हजार रुपैयाँ माथिका सामान किन्दा एउटा 'टाइमेक्स' घडी उपहार पाइन्छ । साथै लंच१० कोड टाइप गरेर १० प्रतिशत छुट पाइने कम्पनीको भनाइ छ ।


