कोभिड १९ संक्रमणका कारण थप ११ जनाले मृत्यू, कुल संख्या ५२० पुग्यो |
काठमाडौं । गत २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप ११ जनाले ज्यान गुमाएका छन्। तीमध्ये चार जना महिला र सात जना पुरुषहरु हुन् ।
हालसम्म नेपालमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ५२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निधन हुनेहरुमध्ये काठमाडौं उपत्यकाका पाँच जना रहेका छन् । ती मध्य काठमाडौंका एक महिला, भक्तपुरका दुई महिला र ललितपुरका दुई पुरुषहरु हुन् ।
Visited 1 times, 1 visit(s) today


