फास्ट ट्रयाकको सुरुङ बनाउन २७ कम्पनीले देखाए चासो |
काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को सुरुङ बनाउन २७ कम्पनी इच्छुक भएका छन् । छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङको लागि कुल २१ ओटा कम्पनीहरुले बोलपत्र आह्वान गरेका छन् भने धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङको लागि २२ ओटा कम्पनीले बोलपत्र दाखिला गरेका हुन् ।
यीमध्ये दुवैतिर १६ कम्पनीले बोलपत्र दाखिला गरेका छन् । छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ५ ओटा र धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ६ ओटा कम्पनी छन् ।
अब मुल्याङ्कन समितिले बोलपत्रको मुल्याङ्कनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनीलाई सूचिकृत गर्ने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।
छोक्रेडाँडादेखि धेद्रे खोलासम्म ३ किलोमिटर लामो सुरुङ हुनेछ भने धेद्रे खोलादेखि लेनडाँडासम्म दुई ठाउँमा गरी ३.१ किलोमिटरको सुरुङ हुनेछ ।


