ग्लोबल आईएमई बैंकद्वारा ‘ट्राफिक पोल’ हस्तान्तरण |
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाण्डौ उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ ।
बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने विश्वास लिएको छ। यस्तो समाजोपयोगी कार्यमा सहयोग पुर्याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।
यसअघि गत वैशाख ३१ गते पनि ग्लोबल आईएमई बैंकले ट्राफिक जनचेतनाका लागि ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो ।
बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।


