स्थानियको सारथि बन्दै रिद्धि सिद्धि |
काठमाडौं । हेटौंडामा आयोजित एक कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल गौरीटार आईसोलेसन वार्डमा रहनु भएका ६२ जना संक्रमितहरुको लागी फलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, र संक्रमित भई आईसोलेसनमा रहदा पनि निरन्तर घर परिवारसंग सम्पर्क बनाई राख्नका निमित्त नेपाल टेलिकमको रु २०० बराबरको रिर्चाजकार्ड र एक थान तातो पानि खाने कप लगाएत बिभिन्न सामाग्री बितरण गरेको छ ।
कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय बिक्रि प्रबन्धक बिक्रम खतिवडाले उद्योगले स्थानिय समुदायको दुख सुखको सारथि बन्न रिद्धि सिद्धि सिमेन्ट सदैब तैयार रहने बताए । त्यसतै कार्यक्रममा हेटौंडा उप महा नगरपलिकाका प्रमुख हरि बहादुर महतले संक्रमितहरुको हौसला बढाउदै सचेत रहि स्वस्थ खानपिन एंव नियमित ब्याम गर्ने हो भने कोरोना मात्रै हैन भबिस्यमा समेत सजिलै कुनै रोगको शिकार हुनु नपर्ने बताए । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको समेत समुपस्थिति रहेको थियो । कार्यक्रमा बोल्दै उहाले सकारात्मक सोचको बिकास गर्दै सुरक्षित रहि उद्योग धन्दा ब्यापार ब्याबसाय सुचारु गर्नुपर्ने बताए ।
बिभिन्न समयमा उद्योगले गरेका सामाजिककार्यको चर्चा गर्दै हेटौंडा अस्पताल बिकाश समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगिहरुले देखाएको सदासाहयताको भाबले समाजमा सकारात्मक प्रभाब पर्ने बताए । कार्यक्रममा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने उपाध्यक्ष राम प्रसाद न्यौपाने बडा नंम्बर ६ अध्यक्ष अर्जून चौलागाई कर्रा आईसोलेसान वार्डका ईन्चार्ज भोला चौलागाई गौरिटार आईसोलेसान वार्डका ईन्चार्ज डा. सागर काफ्ले लगाएतको उपस्थिति रहेको थियो ।
हेटौंडाको रातोमाटेमा अबस्थित रिद्धि सिद्धि सिमेन्टले आफ्नो उत्पादनको दोश्रो बर्षमा प्रबेश गरे संगै हाल देशका बिभिन्न स्थामा रहेका सिमेन्ट उद्योगहरुका लागी किलिंकर समेत बिक्रि गर्दै आईरहेको छ । हाल उद्योगको उत्पादन देशका बिभिन्न ठुला परियोजना हरुमा समेत प्रयोग हुदै आईरहेको छ । प्रतिस्पर्धि सिमेन्टको बजारमा रिद्धि सिद्धि सिमेन्टले उच्च नबिनतम युरोपियन प्रबिधि र उच्च गुणस्तरिय चुन ढुगा खानिको कारणले गर्दा ग्रहाकको पहिलो रोजाईमा पर्न सफल भएको छ ।


