पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको कुल संख्या २३९ पुग्यो |
काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २३९ पुगेको छ । कोभिडका कारण मृत्यु हुनेहरु महोत्तरीकी एक चार वर्षिय बालिका हुन् भने १० जना पुरुष रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका दुइ पुरुषहरुको पनि निधन भएको छ । तीमध्ये एक ७० वर्षका थिए भने एक ३५ वर्षका पुरुष रहेका थिए ।
Visited 1 times, 1 visit(s) today


