एलिजा उप्रेतीलाई हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार |
काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार पत्रकार एलिजा उप्रेतीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फान्डेशनद्वारा स्थापित उक्त पुरस्कार स्वर्गीय डा. पन्तको पाँचौ वार्षिक पुण्य स्मृति दिवस पारेर भदौ २१ गते प्रदान गरिने छ ।
विगत एक दशकदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएकी उप्रेती पछिल्लो समय रातोपाटी डटकममा वरिष्ठ आर्थिक संवाददाताका रुपमा कार्यरत रहेकी छिन् ।
पुरस्कारको राशि ५० हजार रहेको छ । फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट अर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।


