सरकारले खोल्यो श्रमिक सूचना बैंक, रोजगारीका लागि अनलाइनबाटै आवेदन लिइने |
काठमाडौं । अनलाइनबाटै रोजगारीका लागि आवेदन लिन सरकारले श्रमिक सूचना बैंकको स्थापना गरेको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षको योजना सार्वजनिक गर्दै श्रमिक सूचना बैंक संचालनमा ल्याएको हो ।
श्रम मन्त्री रामेश्वर राय यादवले बजेटमा गरिएको व्यवस्थाअनुरुप कार्यक्रम सञ्चालनमा ल्याएका हुन् । यस बैंकले अनलाइनमार्फत श्रमिक र रोजगार दातालाई भेटाउने काम गर्ने मन्त्रालयमा प्रवक्ता भरतमणी पाण्डेले जानकारी दिए ।
‘बैंकको आधिकारिक वेबसाइट (धधध।ष्दि।नयख।लउ)मा श्रमिकले आफ्नो बायोडाटा हाल्न सक्नेछन् र रोजगार दाताले त्याहाँबाट उपयुक्त कर्मचारी छान्न सक्ने छ । त्यस्तै रोजगार दाताले आफूलाई चाहिएको कर्मचारीको विवरण पनि यस वेबसाइटमा दाखिला गर्न सक्ने छ ’ उनले भने ।
यस वेबसाइटको पहुँच ७ सय ५३ ओटै स्थानीय तहलाई दिइने पाण्डेले जानकारी दिए । यो बैंकले उच्च पददेखि हलो जोत्नेसम्मको रोजगारी खोज्ने र दिने मन्त्रालयले जनाएको छ ।


