अब वैदेशिक रोजगारीमा जान चाहनेका लागि श्रम स्वीकृति खुलाउने सरकारको निर्णय |
काठमाडौं । वैदेशिक रोजगारीमा जान चाहाने नेपालिको लागि श्रम स्वीकृति खुला गरिने भएको छ ।
नेपाल सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सम्बन्धित श्रम गन्तब्य मुलुकसगँको सम्झौता र मागको आधारमा नयाँ श्रम स्विकृती खुल्ला गरिने जानकारी दिए ।
कोरोना भाइरसको महामारीको कारण गत फागुन २७ देखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो ।
त्यस्तै सरकारले नयमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको संङ्ख्या बढाएको छ । भदौ १७ गतेदेखि खुल्ने उडानबाट दैनिक ८ सय जना स्वदेश आउन पाउने छन् ।
यसअघि सरकारले दैनिक ५ सयमात्र आउन दिने निर्णय गरेको थियो ।
Visited 1 times, 1 visit(s) today


