उपत्यका वरिपरि ५ लाख पर्यटक बस्ने पूर्वाधार तयार पार ː मन्त्री भट्टराई |
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपर पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक बिदाको दिनमा उपत्यका वरिपर पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग, साइकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराइले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिएका छन् । उनले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली, हिन्दी, चाईनिज अरबी, पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गरे ।
Visited 1 times, 1 visit(s) today


