विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५० लाख नजिक, मृत्यु हुनेको संख्या ८ लाख ४१ हजार पुग्यो |
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ४९ लाख ११ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८३ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ४१ हजार ३३१ पुगेको छ । हालसम्म १ करोड ७२ लाख ९९ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ९६ हजार २३५ पुगेको छ । यहाँ हालसम्म १ लाख ८५ हजार ९०१ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा हालसम्म ३८ लाख १२ हजार ६०५ जना संक्रमित हुँदा १ लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३४ लाख ६३ हजार ९७२ संक्रमित हुँदा ६२ हजार ७१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७७ हजार नयाँ संक्रमित थप भएका छन् । रुसमा ९ लाख ८० हजार ४०५ संक्रमित हुँदा १६ हजार ९१४ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख २९ हजार ९६१ जना संक्रमित हुँदा २८ हजार ४७१ जनाको मृत्यु भएको छ ।
साउथ अफ्रिकामा ६ लाख २० हजार १३२ जना संक्रमित हुँदा १३ हजार ७४३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ५ लाख ८५ हजार ७३८ जना संक्रमित हुँदा ६३ हजार १४६ को मृत्यु भएको छ । कोलम्बियामा ५ लाख ९० हजार ५२० संक्रमित हुँदा १८ हजार ७६७ जनाको मृत्य भएको छ । स्पेनमा संक्रमितको संख्या ४ लाख ५५ हजार ६२१ पुगेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ५ हजार ९७२ जना संक्रमित हुँदा ११ हजार १३२ को मृत्यु भएको छ ।
अर्जेन्टिनामा ३ लाख ९२ हजार ९ संक्रमित हुँदा ८ हजार २७१ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ लाख ६९ हजार ९११ जना संक्रमित हँदा २१ हजार२४९ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४१ हजार ४८६ जनाको मृत्यु भएको छ भने ३ लाख ३१ हजार ६४४ जना संक्रमित रहेका छन् । साउदी अरबमा ३ लाख १२ हजार ९२४ हजार संक्रमित हुँदा ३ हजार ८१३ जनाको मृत्यु भएको छ ।
बंगलादेशमा हालसम्म ३ लाख ६ हजार ७९४ संक्रमित हुँदा ४ हजार १७४ को मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ९५ हजार ५३ संक्रमित हुँदा ६ हजार २८३ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ६५ हजार ४०९ पुग्दा ३५ हजार ४७२ जनाको मृत्यु भएको छ ।
चीनमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार २२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ६५ हजार ५७३ जना संक्रमित हुँदा १ हजार २३८ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ३६ हजार ४५६ जना संक्रमति फेला पर्दा २० हजार २४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १९५ जनाको भने मृत्यु भएको छ ।



