सिभिल बैंकको वचत तथा मुद्दती दुवैमा ब्याजदर बढ्यो |
काठमाडौं । सिभिल बैंक लिमिटेडले सबै नेपालीकालागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकले बचत खातामा वार्षिक ६ प्रतिशतब्याजदर प्रदानगर्ने जनाएको छ । यस वचत खाताको न्युनतम मौज्दात रु १० हजार रहेको छ भने यस बचत खाताखोल्दा बैंकले ग्राहकहरुका लागि निːशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवापनिप्रदानगर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमापनि ८.७५ प्रतिशतको सर्वाधिकब्याजदर प्रदा नगर्दै आईरहेको छ ।
विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदानगरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वितहुने कुरा बैैंकले जनाएको छ ।
सिभिल बैंक लिमिटेडले आफ्नाग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवारयोजनाहरु प्रदानगर्दै जाने पनि बताएको छ ।
Visited 1 times, 1 visit(s) today


