एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा १ करोड ७ लाख सहयोग प्रदान |
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई १ करोड ७ लाख ५९ हजार रुपैंया बराबरको रकम सहयोग गरेको छ ।
सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।
बैंकले उक्त रकम नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ । बैंकले यस अघि देशका सातै प्रदेश सरकारलाई १५र१५ लाख गरी कुल १ करोड ५ लाख रकम प्रदान गरिसकेको छ ।
उक्त सहयोग रकममा बैंकको तर्फबाट दश लाख र कर्मचारीको तर्फबाट पाँच लाख समावेश गरी पन्ध्र लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।
साथै बैंकले लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब र ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।


