हाम्रो ‘नेपाली किबोर्ड’को नयाँ भर्सन सार्वजनिक, अब बोलेर पनि टाइपिङ गर्न सकिने |
काठमाडौं । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवज) मा किबोर्ड सुविधा सहितको हाम्रो ‘नेपाली किबोर्ड’ ले नयाँ भर्सनसहितको ताजा अपडेट सार्वजनिक गरेको छ । ताजा अपडेट स्मार्ट फोन एप्लिकेसनको कुनै पनि नेपाली संस्करणमा पहिलो एप्लिकसन पनि बनेको छ । जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ । बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ) का लागि पहिला अपडेट गर्नुपर्छ ।
ताजा अपडेटले तपाईंलाई अन्य काम गरिरहेका बेलामा समेत बोलेका शब्दहरु बुझेर कुनै पनि सामाजिक सञ्जालमा पोष्ट गर्ने स्ट्याटस, प्रतिक्रिया, ट्वीट तथा च्याटहरु समेत गर्न सकिनेछ । हाम्रो ‘नेपाली किबोर्ड’ले जारी गरेको नयाँ संस्करणमा अब लेखेर अभिव्यक्त गर्न नसकिएका कुरा बोलेरै पनि लेख्न सकिने भएको छ । अब नेपाली भाषामा टाइपिङ गर्न नसक्नु पनि कुनै समस्याको विषय भएन ।
अब यसका लागि हाम्रो ‘नेपाली किबोर्ड’ले भ्वाइस टाइपिङको सुविधा समेटिएको नयाँ अपडेट सामग्री ल्याइदिएको छ । भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिनेछ । जसका कारण नेपाली टाइप गर्न नसक्नेहरुका लागि समेत अब कुनै समस्या हुनेछैन ।
किबोर्डको आकार बढाउन मिल्ने सुविधा
यस टाइपिङमा आवश्यकता अनुसार किबोर्डको आकार बढाउने सुविधा पनि रहेको छ । हाम्रो ‘नेपाली किबोर्ड’ गुगल प्लेस्टोरमा गएर अपडेट गर्न सकिन्छ । मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाको अवश्यकता अनुसार किबोर्डको आकार आवश्यकता अनुसार सानो या ठूलो बनाउन सकिनेछ ।
Visited 1 times, 1 visit(s) today


