कलंकीमा अत्यावश्यक बाहेकका पसल बन्द गरियो |
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका छन् ।
बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो ।
महानगरी प्रहरी वृत्त , कालिमाटीका डिएसपी रूगम कुँवरका अनुसार विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको छ ।
’कोरोना संक्रमितहरू धेरै बढ्न थालेपछि स्थानीय क्लब, स्थानियवासी, वडा कार्यालय र प्रहरीको समन्वयमा पसलहरू बन्द गरिएको हो,’उनले भने,’जोखिम झन् बढ्ने भएकाले यस्तो गरेका हौं ।’
उनका अनुसार वडा नम्बर १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएका छन् । प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ ।
त्यस्तै, प्रहरीले अनावश्यक रूपमा हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ ।
’संक्रमितहरू धेरै बढेकोले हामीले अनावश्यकरूपमा हिँडडुल पनि नगर्न अनुरोध गरेका छौं तर काम परेर हिँडेकाहरूलाई अवरोध गरेका छैनौं,’उनले भने ।


