दाङमा सेनाको बाहिनीका २९ जनामा कोरोना संक्रमण, प्युठानको गण पनि सिल |
काठमाडौं । नेपाली सेनाको दाङस्थित १९ नम्बर बाहिनीका २९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
सैनिक स्रोतका अनुसारका प्युठानबाट तालिममा आएका एक जना सैनिकमा कोरोना पुष्टि भएपछि बाहिनीमा रहेकाको कोरोना परीक्षण गरिएको थियो ।
बाहिनी अहिले सिल गरिएको छ । स्रोतका अनुसार केही दिनअघि प्युठानबाट आएका ती सैनिक बाटोमै बिरामी परेका थिए । बिरामी भएर बाहिनीमा आएका उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
उनलाई संक्रमण पुष्टि भएपछि प्युठानको सेनाको गण पनि सिल गरेर परीक्षण थालिएको छ ।
ती सैनिकलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने अहिलेसम्म खुलेको छैन ।


