मकवानपुरको बजार क्षेत्रमा आज रातिदेखि निषेधाज्ञा |
हेटौंडा । कोरोना संक्रमण बढेसँगै जोखिम उच्च भएको भन्दै मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले सोमबार राति १२ बजेदेखि बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
हेटौंडा उपमहानगपालिका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि आकस्मिक रुपमा बसेको बैठकले हेटौंडा र मनहरी बजार क्षेत्र केन्द्रित निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार मानिसको चाप हुने भएकाले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्र केन्द्रित गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कमाण्ड पोष्टले गरेको निर्णयपछि आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले बाँकी निर्णयहरु सार्वजानिक गर्ने छ ।
प्रशासनले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । पछिल्लो दिनहरुमा मकवानपुरमा संक्रमितको संख्या बढ्दै गएको छ । अहिले हेटौंडा अस्पतालको आइसोलेसन वार्डमा ४० जना संक्रमित रहेका छन् ।
Visited 1 times, 1 visit(s) today


