भारतमा २० दिनमै थपिए १० लाख कोरोना संक्रमित |
भारतमा पछिल्लो २० दिनमै १० लाख कोरोनाभाइरसका संक्रमित थपिएका छन् । बिबिसीका अनुसार भारतमा सबैभन्दा बढी संक्रमित रहेका राष्ट्र अमेरिका र ब्राजिलभन्दा तीव्र गतिमा संक्रमित थपिँदै गएका छन् । सबैभन्दा बढी संक्रमित भएका मुलुकमा अमेरिका र ब्राजिल पछि भारत तेस्रो स्थानमा छ ।
पछिल्ला केही हप्तामा भारतले परीक्षणको दायरा बढाएको थियो । जसकारण छोटो समयमै धेरै संक्रमितहरू फेला परेका हुन् ।
शुक्रबारसम्म त्यहाँ संक्रमितको संख्या २० लाख ३० हजार पुगेको छ । तीमध्ये ४१ हजार ६ सय ७२ जनाले ज्यान गुमाएका छन् ।
केही प्रदेशमा परीक्षणको दायरा दैनिक ४० हजार भएपनि कतै भने ६ हजारसम्म मात्रै गरिएको बिबिसीले जनाएको छ ।
भारत सरकारले मृत्यु र कम भएको भन्दै लकडाउनको अन्त्य गरेको थियो । तर केही प्रदेशले भने अवस्थालाई हेरी लकडाउन गरेका थिए । भारतले दुई महिनाको लकडाउन अन्त्य गरी गत जुनदेखि आर्थिक गतिविधि शुरू गरेको थियो ।
भारतको जनसंख्याका अनुसार संक्रमितहरू त्यत्ति धेरै नभएको विज्ञहरूको भनाइ छ ।


