गत आवमा १८ हजार कम्पनी थपिए |
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६∕०७७ मा १८ हजार ६ सय २७ कम्पनी दर्ता भएका छन् ।
त्यसमध्ये सबैभन्दा बढी प्राइभेट कम्पनी १८ हजार १ सय १६ वटा दर्ता भएको कम्पनीका सूचना अधिकारी रामप्रसाद ढकालले जानकारी दिए ।
त्यस्तै, पब्लिक कम्पनी ४६ र विदेशी शाखारसम्पर्क कार्यालयअन्तर्गत ५८ कम्पनी दर्ता भएका छन् ।
सो आवमा १४ वटा कम्पनी खारेज भएका छन् भने १ सय ७० वटा कम्पनी गाभिएका छन् ।



