गत आवमा १४९ मेगावाट बिजुली थपियो, जडित क्षमता १ हजार ३ सय ९९ मेगावाट पुग्यो |
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६∕७७ मा १४९ मेगावाट बिजुली थप भएको छ । योसँगै नेपालको कूल जलविद्युत जडित क्षमता १ हजार ३ सय ९९ मेगावाट पुगेको उर्जा तथा जलस्रोत मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले गएको वर्षसम्म नेपालमा ९० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच विस्तार भएको जानकारी दिएको छ । ५० लाख १० हजार घरधुरीसम्म बिजुलीको पहुँच पुगेको मन्त्रालयले उल्लेख गरेको छ । गएको वर्षमात्र ३ लाख ३४ हजार घर धुरीमा बिजुलीको पहुँच विस्तार भएको छ भने प्रतिव्यक्ति विद्युत खपत बढेर २ सय ६० किलोवाट घण्टा पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
ऊर्जा मन्त्रालले गत आवमा ४६ अर्ब ३९ करोड बजेट खर्च गरेको छ । यो कूल बिनियोजनको ७३ प्रतिशत हो ।
Visited 1 times, 1 visit(s) today


