विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार |

काठमाडौं । गएको सातासम्म ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ ।
गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो ।
यद्यपि, साउन ८ गते बिहिबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगित गरेको छ । आगामी भदौ १ गतेबाट पुनː नियमित उडान हुनेछ ।