थप ११६ जनामा कोरोना संक्रमण, ६९७ जना डिस्चार्ज | ६४.२ प्रतिशत संक्रमित निको भए, काठमाडौंमा ७ जना संक्रमित थपिए
काठमाडौं । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । अर्थात हालसम्म संक्रमितमध्ये ६४.२ प्रतिशत निको भएका छन् । बितेको २४ घण्टामा ५ हजार ९० जनाको परीक्षण भएको छ ।
बुधबार काठमाडौं जिल्लामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भएको छ ।



