इन्जिनियरसहित मेलम्चीको सुरूङमा २ जना बेपत्ता |
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा दुई जना बेपत्ता भएका छन् । सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन् ।
सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
‘दुई जनाको उद्धार गरेर हेलिकप्टरबाट काठमाडौं पठाउँदैछौं,’ प्रजिअ ढकालले भने, ‘हराइरहेकाहरूको खोजी गर्दैछौं।’
परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए ।
‘परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्कियो । त्यसले गर्दा समस्या आयो । दुई जनालाई उद्धार गरियो । दुई जनालाई पानीले ह्वात्तै फालिदिएकोले खोजी हुँदैछ,’ उनले भने ।
घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो ।
Visited 1 times, 1 visit(s) today


