चीनका लागि नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेसँग चेम्बरका पदाधिकारीहरुको भेटघाट |
काठमाडौं । चीनका लागि नवनियुक्त नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीले भेटघाट गरेका छन् । उक्त अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले तातोपानी र रसुवा गढी नाकाका प्रक्रियात्मक जटिलता सरलीकरण तथा सहजीकरण गर्ने, आयात तथा निर्यातका लागि निर्वाध रुपले दुवै नाका संचालन गरिनुपर्ने बताएका छन् ।
चीनले ८००० भन्दा बढि नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घटाउन पनि पहल गरिनु पर्ने उनले बताए ।
उक्त अवसरमा अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकोले ति वस्तुहरु चिनिया बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन अनुरोध गरे । यसका लागि क्वारान्टाइनको प्रक्रियालाई सहजिकरण गर्न प्रयास गरिनु पर्ने उनको बताए ।
नेपालको पर्यटन विस्तारमा चीनिया पर्यटकको ठूलो योगदान रहेको हुँदा कोभिड पश्चात चीनका पर्यटकहरुलाई नेपाल आगमनको लागि प्रवद्र्धन गरिनुपर्ने तथा हवाइ भाडा प्रतिस्पर्धि बनाउनु पर्ने उनको भनाई थियो । सो अवसरमा नेपाल चिन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवर्धन गर्न आग्रह गरे ।
सो अवसरमा नवनियुक्त राजदूत महेन्द्र बहादुर पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भिरता पूर्वक मनन गरि आप्mनो तर्फबाट सहजिकरण गर्न सक्दो प्रयास गर्ने बताएका थिए ।
सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधर लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Visited 1 times, 1 visit(s) today


