भारतको दिल्लीमा मृत्यु भएका दाङका एक व्यक्तिमा कोरोना पोजेटिभ |
काठमाडौं । भारतको दिल्लीमा मृत्यु भएका दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको जिल्ला प्रसासन कार्यालय दाङले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका अन्दाजी ४० वर्षीय व्यक्तिको मृत्युपछि आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिवाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनको मृत्यु ३ दिन अगाडि दिल्लीमा भएको र अन्तिम संस्कारका लागि दाङ ल्याइएको भएपनि आशंका लागेर स्वाब परीक्षण गरिएको बताए ।
मृतकको शव आइतबार विहान ६ बजेतिर घोराही ल्याइए पनि रिपोर्ट नआएकाले गाडीसहित कटुवा खोलामा पार्किङ गरेर राखिएको थियो । स्वाबको परीक्षण रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनी मजदुरीको सिलसिलामा भारतमा पुगेको र प्रेसर तथा दमको विरामी भएको आफन्तले बताएको प्रहरीको भनाइ छ ।
शव लिएर दाङ आएका एक जना आफन्तलाई क्वारेन्टिनमा राखिएको छ ।
Visited 2 times, 1 visit(s) today


