ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, संक्रमित हुनेको संख्या तीन लाख १० हजार |
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनुको संख्या २० हजार ४७ पुगेको छ ।
दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित यो मुलुकमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार १८८ जनाको मृत्यु भएको छ । यो संख्या कोरोना भाइरसबाट ब्राजिलमा एकैदिन मृत्यु हुनेको अहिलेसम्मकै ठूलो हो ।
विश्वको तेस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि तीन लाख १० हजार नाघेको छ । विशेषज्ञहरूले भने वास्तविकतामा यो संख्या अझै धेरै भएको हुन सक्ने बताउँदै आएका छन् ।
कोरोना भाइरस नियन्त्रणमा सरकारले सही कदम चाल्न नसकेको कारण यस अवस्था यति धेरै भयावह बन्न पुगेको भन्दै ब्राजिलमा राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना पनि भइरहेको छ ।
स्रोत ː अलजजीरा



