थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमित संख्या ३ सय ४ पुग्यो |
काठमाडौं । थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको जनाइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । संक्रमित हुनेमा ८ पुरुष र एक महिला रहेका छन् ।
यसरी संक्रमित हुनेमध्ये ७ जना रौतहट इशनाथ नगरपालिकाका ७ पुरुष रहेका छन् । उनीहरू २१ देखि ३० वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमित पुरुषहरू त्यहाँको वडा नम्बर २,३,६ र ९ का वासिन्दा हुन् । यस्तै अर्का संक्रमित पुरुष बारा, करैयामाई–५ का हुन् । उनको उमेर ३८ वर्ष रहेको छ ।
यसैगरी संक्रमित २८ वर्षीय महिला रौतहटको माधबनारायण नगरपालिका–३ की बासिन्दा हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि गरेको हो ।
स्वास्थ्य मन्त्रालयले हाल सबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।



