एभरेष्ट बैंक कर्मचारी परिवारद्वारा ३० लाख बराबरको राहत सामग्री वितरण |
काठमाडौं । एभरेष्ट बैंक कर्मचारी परिवारले लकडाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेका छन् । राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको हो ।
राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरुले योग्दान गरेका थिए । एभरेष्ट बैंकका कर्मचारीहरुले, लकडाउनका कारण आफ्नो कमाईको स्रोत गुमाएका विभिन्न परिवारहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरेका छन् ।
एभरेष्ट बैंकको सबै प्रादेशिक कार्यालयहरुको समन्वयमा देशको सबै प्रदेशहरुमा राहत वितरण भइरहेको छ । एभरेष्ट बैंकले यसअघी पनि नेपाल सरकारको कोविड राहत कोषमा १ करोड २ लाख रुपैयाँ रकम प्रदान गरिसकेको छ ।



