भेन्टिलेटर दिने ट्रम्पको प्रस्ताव पुटिनद्वारा स्वीकार |
कोरोनाभाइरससँग लड्न भेन्टिलेटर दिने अमेरिकी प्रस्ताव रूसले स्वीकारेको छ । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादमिर पुटिनबीच फोन वार्ता भएको थियो ।
उक्त फोनवार्तामा राष्ट्रपति पुटिनले ट्रम्पको भेन्टिलेटर दिने प्रस्तावलाई स्वीकारेका हुन् ।
ट्रम्पले रूस अहिले कोरोनासँग लड्न कठिन परिस्थितिमा रहेको समेत बताएका थिए । ह्वाइटहाउसका अनुसार उनीहरूले हतियार नियन्त्रणबारे समेत छलफल गरेका थिए ।
अमेरिकामा हाल कोरोनाभाइरस संक्रमितको संख्या १२ लाख ९२ हजार आठ सय ५० पुगेको छ । त्यस्तै ७६ हजार ९ सय ३८ जनाले ज्यान समेत गुमाइसकेका छन ।
रूसमा संक्रमितको संख्या एक लाख ७७ हजार एक सय ६० पुगेका छन् भने एक हजार ६ सय २५ ले ज्यान गुमाएका छन् ।


