अमेरिकामा एकैदिन २५ सय बढीको मृत्यु, २ लाख १२ हजार उपचारपश्चात् निको |
अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको छ, यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ ।
साथै, यहाँ एकैदिन २५ हजार २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् । हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भीर छ ।
यद्यपि, संक्रमितमध्ये २ लाख १२ हजार ९ सय ६५ उपचारपश्चात् निकोसमेत भएका छन् ।



