अन्तर्रा्ष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय |
काठमाडौं । सरकारले जेठ १८ गतेसम्म अन्तर्रा्ष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्रा्ष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए । यसअघि यो जेठ २ गतेसम्म हवाई उठानमाथि लगाएको प्रतिबन्ध थप गरी १८ गतेसम्म पुर्याएको हो ।
बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।



